काठमाडौं- ग्लोबल आइएमई बैंकले आइतबारदेखि रोल्पाको माडी गाँउपालिका २ घर्ति गाँउमा एक्सटेन्सन काउण्टर शुरु गरेको छ ।
माडीगाँउपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानियवासीको बिस्तारित बैंकिङ सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरी एक्सटेन्सन काउण्टर सुरु गरेको हो।
यसका साथै बैंकले आजैबाट काठमाण्डौको ठमेलका थप एउटा एटिएम सेवा विस्तार गरेको छ। विस्तारित एटिएम सेवासगैं बैंकको एटिएम संख्या १४० पुगेको छ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले १३२ शाखा, १४० एटिएम, ६ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र १०३ शाखारहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि-सम्पर्क कार्यालय माफर्त आफ्ना ९ लाख ५० हजारभन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दे आइरहेको छ।
त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाकका साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि- सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवाप्रदान गर्दै आईरहेको छ।
त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, जोर्डन, भारत, बहराइनलगायतका मुलुकबाट रेमिट्यान्स सेवासमेत प्रदान गर्दै आइरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४