काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको हो।
आज तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि आइतबार र सोमबार पनि सोही मूल्यमा सुनको भाउ निर्धारण भएको थियो।
महासंघका अनुसार मंगलबार चाँदीको मूल्य भने घटेको छ। मंगलबार चाँदीको तोला ३५ रुपैयाँले घटेर १४ सय ३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यसअघि सोमबार चाँदी प्रतितो १४ सय ५० रुपैयाँमा कारोबार भएको थियो।