शनिबार, भदौ ६, २०८३

बिहारमा विषाक्त मदिरा सेवनबाट ३४ जनाको मृत्यु

 |  मंगलबार, वैशाख ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ५, २०८०

काठमाडौं- भारतको बिहारमा विषाक्त मदिरा सेवन गर्दा ३४ जनाको ज्यान गएको छ। गम्भीर बिरामी परेका १४ जनाको मोतिहारी र मुजफ्फरपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। 

बिहारको राजधानी पटनाबाट १५१ किलोमिटर उत्तरमा रहेको पूर्वी चम्पारण (मोतिहारी) जिल्लामा शुक्रबार मदिरा सेवन गर्नेहरू धेरैलाई समस्या देखिएको हो। 

प्रहरीले विषाक्त मदिरा बेच्ने ठाउँमा छापा मार्ने क्रममा हालसम्म १०८ जनालाई पक्राउ गरेको छ भने ६ हजार लिटरभन्दा बढी मदिरा बरामद गरेको छ। नियन्त्रणमा लिएका मध्ये एक जनाले  पनि मदिरा सेवन गरेको र उपचारकै क्रममा निधन भएको प्रहरीले जानकारी दिएको छ। 

यसैबीच बिहारका मुख्यमन्त्री नितिशकुमारले पीडित परिवारलाई ४ हजार ८८१ अमेरिकी डलर क्षतिपूर्ति दिने घोषणा गरेका छन्।

प्रकाशित: Apr 18, 2023| 11:40 मंगलबार, वैशाख ५, २०८०
प्रतिक्रिया दिनुहोस्