शनिबार, भदौ ६, २०८३

कस्तो छ रविका गाडी चालकको स्वास्थ्यवस्था

तीनतले घरको छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा ‘शम्भु’को स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ।
 |  मंगलबार, वैशाख ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ५, २०८०

काठमाडौं- तीनतले घरको छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा ‘शम्भु’को स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ।

चालक थापा सोमबार बिहान ३ बजेर ५४ मिनेटमा भरतपुर महानगरपालिका–११ स्थित घरको छतबाट खसेर गम्भीर घाइते भएका थिए। उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।

गम्भीर चोट लागेकाले उनको टाउकाको शल्यक्रिया हिजो नै गरिएको र अहिले थापा भेन्टिलेटरमै रहेको उपचारमा संलग्न चिकित्सक डा. सुदीपराज केसीले जानकारी दिए। 

उनी अझै होसमा आउन नसकेको चिकित्सकको भनाइ छ। थापाले आज बिहान पिसाब फेरेपछि स्वास्थ्यमा केही सुधार आउने अपेक्षा गरिएको डा. केसीले बताए। 

उनी तीनतले घरको छतबाट कसरी खसे भन्ने विषयमा अनुसन्धान जारी छ। 

प्रकाशित: Apr 18, 2023| 11:35 मंगलबार, वैशाख ५, २०८०
प्रतिक्रिया दिनुहोस्