काठमाडौं- नेपाल सरकारको सबै स्थानीय तहमा बैंक शाखा पुर्याउने योजनालाई आत्मसाथ गर्दै जनता बैंकले कर्णाली प्रदेशको अति विकट जिल्ला हुम्लाको तीन गाउँपालिकामा शाखा स्थापना गरी एकै साथ कारोवार शुभारम्भ गरेको छ।
हुम्लाको अदानचुली गाउँपालिका, चंखेली गाउँपालिका र ताजाकोट गाउँपालिकाबाट कारोवार शुरु गरिएको जनाइएको छ। अन्य शाखाहरु जस्तै यि शाखाहरुबाट पनि निक्षेप, कर्जा, रेमिट्यान्ससेवा लगायत सम्पूर्ण आधुनिक बैंकिङ् सेवा शुरु गरिएको छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रका जनताहरुलाई देशको अन्य क्षेत्रसँग वित्तीय संजालमा जोड्न यी शाखाहरु महत्वपूर्ण हुनेछन्। साथै हालसम्म मोटर बाटोको पहुँच नपुगेको यि दुर्गम भेगका जनताहरुको जीवनस्तरमा बैंकिङ्ग सेवाले केही सहजता प्रदान गर्न सक्ने विश्वास बैंकले लिएको छ।
यी शाखाहरु समेत गरी जनता बैंकको देशभरीमा शाखा सञ्जाल १२६ पुगेको छ। यी शाखाहरु अतिरिक्त बैंकले ७१ एटिएम, २ एक्स्टेनसन काउन्टर, २ सिमित बैंकिङ इकाई र ४० शाखा रहित बैंकिङहरुबाट ५ लाख भन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४