शनिबार, भदौ ६, २०८३

हराइरहेकी ७ वर्षीया बालिका मृत फेला

बैतडीमा ७ वर्षीया बालिका मृत फेला परेकी छन्।
 |  मंगलबार, वैशाख ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ५, २०८०

बैतडी- बैतडीमा ७ वर्षीया बालिका मृत फेला परेकी छन्। पाटन नगरपालिका वडा नम्बर–४ बाट सोमबार हराइरहेकी बालिका मंगलबार मृत फेला  परेकी हुन्।  

जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरिक्षक योगेश खत्रीका अनुसार स्थानीय रमेश चन्दकी ७ वर्षीया छोरी ललिता चन्द आज बिहान ७:३५ बजे मङराउ खोलामा मृत अवस्थामा फेला परिन्। उनी सोमबार खेल्दाखेल्दै घरबाट हराएकी थिइन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रकाशित: Apr 18, 2023| 10:14 मंगलबार, वैशाख ५, २०८०
प्रतिक्रिया दिनुहोस्