शनिबार, भदौ ६, २०८३

यी हुन् धनगढीका शून्य नतिजा ल्याउने १७ विद्यालय

धनगढी उपमहानगरपालिकास्थित १७ विद्यालयका विद्यार्थीले कक्षा ८ को परीक्षामा फेल अर्थात् ननग्रेड भएका छन्।
 |  मंगलबार, वैशाख ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ५, २०८०

धनगढी- धनगढी उपमहानगरपालिकास्थित १७ विद्यालयका विद्यार्थीले कक्षा ८ को परीक्षामा फेल अर्थात् ननग्रेड भएका छन्। सार्वजनिक गरिएको नतिजा अनुसार १ संस्थागत र १६ सामुदायीक गरी १७ विद्यालयको नजिता निल आएको हो। 

अब सुरु हुने नयाँ शैक्षिक सत्रमा ती १७ विद्यालयबाट कुनै पनि विद्यार्थीले कक्षा ९ मा भर्ना हुन अयोग्यता देखिएको नतिजाले देखाएको  । उपमहानगरभित्र सञ्चालित १ सय ६ विद्यालयमा अध्ययन गर्ने ४ हजार ५ सय ३३ विद्यार्थीमा गणित विषयमा सबैभन्दा बढी २ हजार ३ सय ४१ ले ननग्रेड प्राप्त गरेका छन्।

विद्यालयको नतिजा उल्टिएपछि शिक्षक ग्रेडबृद्धीका लागि माग गरिरहेका छन्। उनीहरूले नगरप्रमुख गोपाल हमाललाई भेटेर विद्यालयहरुलाई सच्चिने मौका दिएर आगामी दिनमा शिक्षा सुधारसँगै उपमहानगरले प्रदान गर्ने सेवामा समेत सुधार ल्याउनुपर्नेमा जोड दिएका छन्।

मेयर हमालले विद्यार्थीको जग बलियो बनाउन सके मात्रै माथिल्लो तह बलियो बन्ने बताउँदै दिन मिल्ने ग्रेड दिइने तर फेल भएकालाई ग्रेड बढाउन नमिल्ने बताए। 

यी हुन् शून्य नतिजा ल्याउने विद्यालय 

१. धनगढी १३ श्रीलकास्थित नवज्योती आधारभूत विद्यालय

२. धनगढी १३ राजपुरस्थित जनता राष्ट्रिय माध्यमिक विद्यालय

३. धनगढी ६ मटियारीस्थित भैरवबाबा आधारभूत विद्यालय

४. धनगढी ९ बगंराकटानस्थित सरस्वती आधारभूत विद्यालय

५. धनगढी ७ देवरियास्थित शिव माध्यमिक विद्यालय

६. धनगढी १७ स्थित भानु माध्यमिक विद्यालय

७. धनगढी १८ डमौलियास्थित सञ्जन आधारभूत विद्यालय

८. धनगढी १६ भादास्थित दीपेन्द्र चारपाते माध्यमिक विद्यालय

९. धनगढी १४ फूलवारीस्थित शिवशंकर आधारभूत विद्यालय

१०. धनगढी १४ एच गाउँस्थित शिद्धार्थ आधारभूत विद्यालय

११. धनगढी १८ एफ गाउँस्थित खप्तडी आधारभूत विद्यालय

१२. धनगढी १८ स्थित इन्द्रोदय आधारभूत विद्यालय

१३. धनगढी १९ फूलवारीस्थित फूलवारी आधारभूत विद्यालय

१४. धनगढी १२ जनकबस्तीस्थित नवदुर्गा आधारभूत विद्यालय

१५. धनगढी १२ दुर्गाबस्तीस्थित दुर्गा आधारभूत विद्यालय

१६. धनगढी १२ स्थित जनकल्याण माध्यमिक विद्यालय

१७. धनगढी ३ बोराडाँडीस्थित मोडर्न स्कुल

प्रकाशित: Apr 18, 2023| 09:35 मंगलबार, वैशाख ५, २०८०
प्रतिक्रिया दिनुहोस्