शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • उर्जा सम्मेलनमा नेपालबाट उत्पादित बिजुलीको अन्तर्राष्ट्रियकरणमा बारे छलफल हुने

उर्जा सम्मेलनमा नेपालबाट उत्पादित बिजुलीको अन्तर्राष्ट्रियकरणमा बारे छलफल हुने

आजदेखी काठमाडौंमा ऊर्जा सम्मेलन हुदैँछ।
 |  मंगलबार, वैशाख ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ५, २०८०

काठमाडौं– आजदेखी काठमाडौंमा ऊर्जा सम्मेलन हुदैँछ। ‘हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ आठौं उर्जा सम्मेलन हुन लागेको हो। सम्मेलन आज र भोलि दुई दिनसम्म चल्ने छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल ‘इपान’ ले आयोजना गरेको ऊर्जा सम्मेलनमा भारत, बंगलादेशलगायत ३० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुँदैछन्। सो सम्मेलनमा उर्जा क्षेत्र अनुसन्धानरत तथा कार्यरत झन्डै ३ सय भन्दा बढी प्रतिनिधिको सहभागिता रहने आयोजक इपानले जनाएको छ।

सो सम्मेलनमा विद्युत् उत्पादकहरू, विद्युतीय क्षेत्रका नयाँ लगानीकर्ता, सो क्षेत्रमा लगानी गर्दै आएका र लगानीमा उत्सुक वित्तीय संस्था तथा परामर्शदाता कम्पनीका प्रतिनिधिहरूले सो सम्मेलनमा सहभागिता जनाउने छन्। मुख्यतः नेपालबाट उत्पादित बिजुलीको अन्तर्राष्ट्रियकरणका लागि सो सम्मेलन लाभदायक हुने आयोजकले दावी छ। सम्मेलनमा नेपालबाट उत्पादित बिजुलीको अन्तर्राष्ट्रियकरणका बारेमा छलफल हुने बताइएको छ।

प्रकाशित: Apr 18, 2023| 09:05 मंगलबार, वैशाख ५, २०८०
प्रतिक्रिया दिनुहोस्