बिहीबार, साउन ७, २०८३

दशैंमा नेपाली सेनाले निशुल्क बस सन्चालन गर्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- बडा दशैंको दिन नेपाली सेनाले निशुल्क बस सेवा संचालन गर्ने भएको छ। नेपाली सेनाले जारी गरेको विज्ञप्तीमा दशैंको दिन यात्रुको सहजताको लागी  उपत्यकाका विभिन्न आठवटा रुटमा सेनाका बस सन्चालन हुने छन्।

दशैंको दिन सार्वजनिक यातयात न्यून संचालन हुने भएकाले सेनाले सन्चालन गरेको बसबाट यात्रुलाई सहज यात्रा हुने जनाइएको छ।  बिहान ७ दिउँसो, १२ र ३ बजे उक्त रुटमा नेपाली सेनाका बस सन्‍चालन हुने छन्।

उपत्यकाका अधिकांश स्थानमा पुग्ने गरि नेपाली सेनाले बस सन्चालन गर्न लागेको हो।  पहिलो रुट भद्रकालीबाट माईतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु , किर्तीपुर, कलंकी, कालिमाटी, त्रिपुरेश्वर हुँदै रत्नपार्कसम्मको हुनेछ।

दोस्रो रुट भद्रकाली हुँदै जमल, लैनचौर, नारायणगोपालचोक, बुढानीलकन्ठ, बालाजु, सोह्रखुट्टे, कान्तीपथ हुँदै माईती घरसम्मको हुनेछ। तेस्रो रुट भद्रकाली हुँदै माईतीघर, त्रिपुरेश्वर, कालीमाटी, कलंकी, थानकोट स्वयंभु, छाउनी अस्पताल हुँदै ताहाचल टेकु र थापाथलीसम्मको हुनेछ।

चौथो रुट अर्न्तगत भद्रकाली माईतीघर, बानेश्वर, तीनकुने, गौशाला, चाबहिल जोरपाटी नारायणगोपाल चेक,  लाजिम्पाट, कान्तीपथ हुँदै भद्रकालीसम्मको हुनेछ।

पाँचौ रुट भद्रकाली थापाथली कुपन्डोल जावलाखेल, सात दोबाटो, चापाँगाउ सातदोबाटो, तीनकुने बानेश्वर हुँदै भद्रकालीसम्मको हुनेछ। छैठौं रुट भद्रकाली दरबारमार्ग, कमलपोखरी, गौसाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तीनकुने हुँदै शहिदगेटसम्मको हुनेछ।

सातौं रुट अर्न्तगत भद्रकाली माईतीघर, नयाँबानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामंगल, कोटेश्वर सुर्यबिनायक, ठिमी, कोटेश्वर, माईतीघर हुँदै भद्रकालीसम्मको हुने छ।

अन्तीम अर्थात आठौं रुट अर्न्तगत भद्रकाली, माईतीघर, कोटश्वर, सातदोबाटो, कलंकी, बालाजु, चाबहिल, गौशाला तीनकुने हुँदै भद्रकालीसम्मको हुनेछ। नेपाली सेनाले दशैंमा घर जाने नेपाली सेनामा कार्यरत सैनिक र तिनका आश्रित परिवारलाई असोज २५ गते देखी नै दैनिक रुपमा बस सेवा समेत संचालन गरेको छ।

सेनाले दैनिक दोलखा इटहरी धनगढी, लमजुङ, रामेछाप, पोखरा, बुटवल, गोरखा, धादिङ, त्रिसुली, चौतारा, हेटौंडा, नारायण्गढ, सिराहा तथा राजविराजसम्म जाने बस सेव संचालन गरेको छ। उक्त बस सेवा लिए वापत सैनिक परिवारले कुनै शुल्क तिर्नू पर्दैन।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।