काठमाडौं–दशैं लागेसँगै नेप्से बजार दोहोरो अंकले बढेको छ । यस साताको शुरु दिन आइतबार नेप्से परिसूचक १४.१५ अंकले बढेर एक हजार २४२.४३ बिन्दुमा पुगेको छ । नेप्से बजारमा आएको अधिकांश समूहको परिसूचक बढेपछि समग्र नेप्से बजार बढेको हो ।
‘क’ बर्गको सेन्सेटीभ इन्डेक्स समेत ३.५१ अंक बढेर २६४.५५ बिन्दुमा पुगेको छ ।
आइतबार एक सय ५८ कम्पनीको चार हजार ५३० कारोबारबाट दश लाख १६ हजार ४६० पटक शेयर खरिद बिक्री हुंदा २६ करोड ९९ लाख १३ हजार ७२९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सबैभन्दा बढी ननलाईफको परिसूचक बृद्धि
शेयर बजारमा आएका दश समूहमध्ये सबैभन्दा बढी ननलाईफ इन्स्योरेन्सको परिसूचक बढेको छ । उक्त समूहको परिसूचक ८७.६१ अंक बढेर पाँच हजार ७७३.३० बिन्दुमा पुगेको छ ।

त्यसपछि लाईफ इन्स्योरेन्सको परिसूचक ५७.४९ अंक, होटेल समूहको परिसूच्क ५५.३४, विकास बैंक समूहको १८.१५, बैंकिङ समूहको परिसूचक १७.३७, फाइनान्स समूहको ३.२४, अन्य समूहको ४.२७, माइक्रोफाइनान्सको परिसूचक ११.१४ अंक बढेको छ ।
यद्यपि उत्पादनमुलक समूहको परिसूचक र हाइड्रोपावर समूहको परिसूचक क्रमशः ९५.७३ र १.३१ अंक घटेको छ ।