शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • आयल निगमका पूर्व कार्यकारी निर्देशक खड्काविरुद्ध पक्राउ पुर्जी जारी

आयल निगमका पूर्व कार्यकारी निर्देशक खड्काविरुद्ध पक्राउ पुर्जी जारी

 |  सोमबार, वैशाख ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ४, २०८०

काठमाडौं- नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई पक्राउ गर्न विशेष अदालतले पुर्जी जारी गरेको छ।

विशेष अदालतका सदस्यहरू यमुना भट्टराई, बलभद्र बास्तोला र खुशीप्रसाद थारूको इजलासले सोमबार खड्काविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ पुस २३ गते तत्कालीन निर्देशक खड्कासहित शर्मिला खड्का, अमिता लामा सोदेम्बा र सीजी डेभलपर्स प्रालिविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। खड्काले १८ करोड ६६ लाख पाँच हजार रुपैयाँबराबर अकुत सम्पत्ति जोडेको दाबीसहित अख्तियारले मुद्दा दर्ता गरेको थियो।

त्यसमध्ये उनले अन्य व्यक्तिको नाममा लुकाई राखेको ७ करोडभन्दा बढी सम्पत्ति जफत गर्नुपर्ने पनि अख्तियारले माग गरेको छ। खड्काको २७ करोड ३० लाख ७५ हजार सम्पत्तिमध्ये ८ करोड ६४ लाख ६९ हजारमात्रै वैध रहेको अख्तियारले आरोपपत्रमा उल्लेख गरेको छ।

निगमको कार्यकारी निर्देशक भएपछि ६ वर्षमा पुर्ख्यौलीबाहेक तीन वटा घर बनाएको र काठमाडौं भक्तपुर, ललितपुर र काभ्रेका विभिन्न स्थानमा ११ कित्ता जग्गा खरिद गरिएको समेत आरोपपत्रमा उल्लेख छ।

प्रकाशित: Apr 17, 2023| 17:41 सोमबार, वैशाख ४, २०८०
प्रतिक्रिया दिनुहोस्