काठमाडौं–वहुप्रतिक्षित राष्ट्रिय गौरव सिक्टा सिंचाइ आयोजनाको शुरुवाती अवस्थामै अयोजना संबन्धि संभाव्यता अध्ययन प्रतिवेदनमा त्रुटी भएको स्थलगत अध्ययन समितिले औल्याएको छ ।
पछिल्लो समय सिक्टा सिंचाइ आयोजनाको मूल नहरमा समस्या देखिएपछि चौतर्फी आलोचना आएको थियो । त्यस लगत्तै साउन २३ गते नहरको समस्या पहिचानसहित समस्या समाधानको लागि उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको सहसचिव सुशिलचन्द्र तिवारीको संयोजकत्वमा विज्ञसहित ५ सदस्सीय समिति गनठन गरिएको थियो । उक्त समितिले दुई महिनासम्म गरेको अध्ययन प्रतिवेदन आइतबार मन्त्रालयमा सार्बजनिक गरेको थियो ।
प्रतिवेदन सार्बजनिक गर्ने क्रममा मन्त्रालयका सहसचिव संयोजक सुशिल तिवारीले मूल नहरमा देखिएका समस्याहरुको प्रमुख कारण माटोको घुलनसिलता रहेको बताए । अयोजना संम्बन्धी संभाव्यता अध्ययन प्रतिवेदमा समेत माटोको उक्त घुलनशिलता सम्बन्धमा कुनै उल्लेख नभएको उनको भनाइ छ ।
‘अन्य आयोजनाहरुमा यस किसिमको समस्या नदेखिएको सन्दर्भमा आयोजनाको डिजाइन/निर्माण गर्दा अन्यत्र सरह माटोको परीक्षणहरु भएता पनि माटोको घुलनसिलता एवं उक्त माटोमा पानीको कारण हुन सक्ने संभावित प्रभाव तथा समस्याका संम्बन्धमा आंकलन हुन सकेन,’ उनले भने ‘त्यसकारण मूल नहरमा पछिल्लो समस्या निम्तिएको हो ।’
उनकाअनुसार नहरको मुख्यतः २० देखि ३५ किमिको ‘हाई कटीङ’ र फिलिङ्स भएका खण्डमा घुलनसिल माटोका कारण वर्षदको पानीसँगै घुलनसिल भाग पानीसँगै घुलिई ‘प्रेसर रिलिज भाल्भ’, ‘इम्बैंकमेन्ट आउटर स्लोप’ भएका खुला भागबाट निस्की क्रमिक रुपमा बढ्दै टनेलको रुप लिएको थियो । पानीको वहाव सँगै ‘सोयल मास’ समेत निस्की ‘भोइड’हरुको विकास भएको निचोड प्रतिवेदनमा निकालिएको छ ।
विगत केही वर्षदेखि निकुन्ज क्षेत्रभित्र चुरेबाट बग्ने खोलाहरुमा जम्मा हुने निथार ‘सेडीमेन्ट डीपोजिशन’ को उचित उत्खनन्,व्यवस्थापन तथा उपयोगमा बन्देज हुँदा खोलाहरुको सतह बढ्दै गएको र वर्षदको पानी नहरमा पसी नहर तथा संरचनामा बर्षेनी क्षती पुर्याउने गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै प्रतिवेदनमा ठेक्का व्यवस्थापनको पक्ष कमोजर र विगतमा विभिन्न तहमा गठित समितिहरुको प्रतिवेदन एव प्राविधिक अध्यययननहरुको सुझाबहरुको कार्यन्वयनमा समेत ढिलाइ एवं निर्मित नहर संरचनाहरुको आवश्यकता तथा नियमित मर्मत सुधार हुन नसक्दा समस्या थप जटिल बन्दै गएको संयोजक तिवारीले जानकारी दिए ।
समाधानको उपाय
आयोजना तथा मूल नहरमा देखिएका प्रविधिक समस्याहरुको समाधन तथा सुधारका लागि उच्च फिलिङमा रहेको क्यानल इम्बैंकमेन्टहरुमा स्थलगत अवस्थाअनुसार ‘काउन्टर बर्म’ र ‘रिटेनीङ वाल’सहित उपयुक्त ‘नन डीस्पर्सीभ’ माटो प्रयोग गरी नहर तथा संरचनाको सुदृढीकरण गर्न जरुरी छ ।
नहरको दाया बायाँ किनाराको माटोमा ‘रेनफल’ तथा पानी छिर्न नदिन उपयुक्त माटोबाट कभर, पानी निकास संरचनाहरुको थप व्यवस्था, जोइन्टहरुको सुधारसहित चुहावट नियन्त्रण जस्ता उपायहरुको अवलम्बन गर्न प्रतिवेदनले सुझाब दिएको छ ।
चुरेबाट बग्ने खोलाहरुमा वर्षेनी जम्मा हुने थेग्रो, निथारहरुलाई यथोचित व्यवस्थापन गर्नुपर्ने, तत्काल मर्मत सुधारका साथै उच्च सतर्कता एव निगरानीका साथ नहर तथा संरचनाहरुको नियमित मर्मत संभार र ठेक्का संझौताअनुसार निर्मित व्यवसायीको दायित्वभित्र पर्ने कुनै बाँकी तथा सुधारका कार्य तुरुन्तग गर्नुपर्ने प्रतिवेदनमा सुझाब दिइएको छ ।
उक्त सिक्टा सिंचाईको मुल नहर छानविन समितिले शुक्रबारै उर्जा मन्त्री पुनलाई भेटेर प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा मुख्य रिपोर्ट ३० पेजको भने जम्मा सय पेजको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४