शनिबार, भदौ ६, २०८३

विभिन्न स्थानमा तीनजना मृत फेला

 |  सोमबार, वैशाख ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ४, २०८०

काठमाडौं- काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-८ तेजविनायक डेरा गरी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका घर भएकी २७ वर्षीया मनिका लामा आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेकी छिन्।

झापा, बिर्तामोड नगरपालिका-३ बिर्ताबजार बस्ने ६५ वर्षीय डम्बर बहादुर राई आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन्।

कञ्चनपुर, भिमदत्त नगरपालिका-११ महाकाली आर्याघाटस्थित महाकाली नदीमा  शुक्लाफाँटा नगरपालिका-५ बस्ने १८ वर्षीय दिप्पे भन्ने दिपेन्द्र हमाल आइतबार मृत अवस्थामा फेला परेका छन्। मलामी गएको अवस्थामा नुहाउने क्रममा डुबेका उनको खोजी गर्दा शव फेला परेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
 

प्रकाशित: Apr 17, 2023| 16:27 सोमबार, वैशाख ४, २०८०
प्रतिक्रिया दिनुहोस्