काठमाडौं- टोखा नगरपालिकाका अधिकृत प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी एक लाख घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अधिकृत सुवेदीलार्इ १ लाख रुपैयाँ घुस रकमसहित कार्यालयबाटै पक्राउ गरेको हो।
आयोगका प्रवक्ता रामेश्वर दंगालका अनुसार उनले उपभोक्ता समितिमार्फत निर्माण गरिएको सडकको अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनको लागि घुस माग गरेका थिए।
विशेष सूचनाका आधारमा आयोगबाट खटिएको टोलीले उनलाई १ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा कार्यालयबाटै आइतबार पक्राउ गरेको जनाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४