काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा घरको छतबाट खसेको घटनाबारे अनुसन्धानका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
सोधपुछका लागि भन्दै पार्टीका महामन्त्री मुकुल ढकालका गाडी चालक कालुराम राजवंशी र क्यामेरा पर्सन कुशल राईलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीकव भनाइ छ। आज बिहान करिब ४ बजे भरतपुर–११ स्थित लामिछानेको घरको दोस्रो तलाबाट चालक थापा खसेका थिए।
गम्भिर घाइते थापाको हाल भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको घाँटीको शल्यक्रिया समेत गरिएको छ।