शनिबार, भदौ ६, २०८३

मस्कोमा पुटिनसँग चिनियाँ रक्षामन्त्रीको भेट

 |  सोमबार, वैशाख ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ४, २०८०

काठमाडौं- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ रक्षामन्त्री ली शाङफुबीच भेटवार्ता भएको  छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले रुस भ्रमण गरेको एक महिना नबित्दै पुटिन र लीबीच मस्कोमा भेट भएको हो। भेटमा पुटिनले रुस र चीनबीच सैन्य र सामरिक सहकार्य हुने बताएका छन्।

लीले द्विपक्षीय सम्बन्ध नयाँ युगमा प्रवेश गरिसकेको बताएका छन्। भेटघाटले बेइजिङको मस्कोसँग सम्बन्ध बलियो बनाएको र रुसी परराष्ट्र नीति अनुकूलन गर्ने प्रयासले अमेरिका र पश्चिमा देशहरुको प्रभाव घटाउने अनुमान गरिएको छ।

रुस-युक्रेन युद्धमा तटस्थ बसेको चीनले अमेरिका र नेटो गठबन्धनले मस्कोलाई उत्तेजित बनाएको आरोप लगाएको छ। पश्चिमा देशहरुले भने चीनले रुसलाई हतियार दिनसक्ने आशंका गर्दै आएका छन्।

प्रकाशित: Apr 17, 2023| 14:19 सोमबार, वैशाख ४, २०८०
प्रतिक्रिया दिनुहोस्