काठमाडौं- नवलपरासी (पश्चिम), रामग्राम नगरपालिका-१७ पठ्खौलीस्थित सडकमा प्रदेश २- ०३-००१ क ११३२ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-१२ कुनवार बस्ने ६० वर्षीय गणेश प्रसाद हरिजनको आइतबार साँझ मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
तनहुँ, शुक्लागण्डकी नगरपालिका-१२ पिउरी दोभानस्थित सडकमा दुलेगौँडाबाट पिउरीदोभानतर्फ जाँदै गरेको ग.१ ज ७९४२ नम्बरको जीप अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा जिपमा सवार स्याङ्जा पुतलीबजार नगरपालिका-६ बस्ने ३९ वर्षीय कुल बहादुर सुनारको घटनास्थलमै मृत्यु भएको छ। साथै दुर्घटनामा घाइते भएका अन्य ७ जनालाई जि.पि.कोईराला श्वासप्रश्वास केन्द्र बेलचौतारा पठाइएकोमा ६ जनालाई थप उपचारको लागि गण्डकी अस्पताल रिफर गरिएको छ।
सिरहा, सखुवानान्कारकटी गाउँपालिका-३ परियारपुर चोकस्थित सडकमा प्र २-०१- ००३ प ३२८९ नम्बरको मोटरसाइकल र स.४ प ५५१६ नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा प्र २-०१-००३ प ३२८९ नम्बरकोमोटरसाइकलमा सवार सोही गाउँपालिका-४ बस्ने २२ वर्षीय अमित पासवानको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो। दुवै मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।