शनिबार, भदौ ६, २०८३

दाङमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

दाङमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ।
 |  सोमबार, वैशाख ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ४, २०८०

काठमाडौं- दाङमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ।

दुर्घटनामा परी घोराही उपमहानगरपालिका ११ खैराका २६ वर्षीय मोटरसाइकल चालक सन्देश बस्नेत र १७ वर्षीय गोपाल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

सोमबार बिहान करिब साढे ११ बजेतिर भैरहवाबाट मल लिएर तुलसीपुर जाँदै गरेको लु२ख ३८१ नम्बरको ट्रकले लु७३प ११६२ नम्बरको मोटरसाइकललाई घोराही ११ खैरा चोकमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी राजनकुमार गौतमले जानकारी दिए।

दुर्घटनाका घाइतेमध्ये विकको घटनास्थलमै मृत्यु भएको थियो भने घाइते बस्नेतलाई उपचारको लागि राप्ती विज्ञान प्रतिष्ठान घोराही पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

एकैतिरबाट गइरहेको ट्रकलाई मोटरसाइकलले उछिन्न खोज्दा घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

प्रकाशित: Apr 17, 2023| 13:34 सोमबार, वैशाख ४, २०८०
प्रतिक्रिया दिनुहोस्