धनगढी- धनगढीका १७ विद्यालयबाट सबै विद्यार्थी फेल अर्थात् ननग्रेड भएका छन्। आइतबार तयार भएको कक्षा ८ को परीक्षमा नतिजामा धनगढीका विभिन्न १७ सामुदायिक विद्यालयबाट कुनै पनि विद्यार्थीले कक्षा ९ मा भर्ना हुने योग्यता हासिल नगरेको परीक्षा नतिजाले देखाएको छ।
धनगढी उपमहानगरपालिकाका ६३ सामुदायिक विद्यालयमध्ये १७ विद्यालयको नतिजा निल आएपछि उपमहानगरपालिकाका सामुदायिक विद्यालयको गुणस्तरका सवालमा प्रश्न उठेको सरोकारवालाले बताएका छन्।