बिहीबार, साउन ७, २०८३

कांग्रेसले तीन दिन आधा झन्डा झुकाउने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली कांग्रेसले तीन दिनसम्म पार्टीको झन्डा आधा झुकाउने भएको छ। कांग्रेसको आइतबार बसेको आकस्मिक बैठकले पूर्वकेन्द्रीय सदस्य चक्रप्रसाद बाँस्तोलाको शोकमा पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको हो।

त्यसैगरी सोमबार देशभर पार्टी कार्यालयहरु पनि बन्द गर्ने समेत निर्णय गरेको छ। त्यसैगरी नेता बाँस्तोलाको १३ औं पूण्यतिथिमा देशभर शोकसभा गर्ने समेत निर्णय गरेको छ। 

नेपाली कांग्रेसले ७ कार्तिकमा कोजाग्रत पूर्णिमाको दिन आयोजना गरेको चियापान कार्यक्रमको मितिसमेत सारेर आगामी १६ कार्तिकमा गर्ने निर्णय गरेको छ। 

मूल्यवृद्धिको विरोधमा देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रमसमेत स्थगित गरेको छ। पूर्वकेन्द्रीय सदस्यसमेत रहेका चक्रप्रसाद बाँस्तोलाको निधनले शोक परेपछि प्रतिपक्षी कांग्रेसले मूल्य नियन्त्रणका लागि सरकारलाई दबाब दिन बुझाउने भनिएको ज्ञापनपत्रको कार्यक्रम स्थगित गरेको हो।

शनिबार राति निधन भएका बाँस्तोलाको पार्थव शरिर अन्तिम श्रद्धान्जलीका लागि पार्टी कार्यालयमा राखिएको छ। पार्थिव शरिरमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालालगायत सबै नेताहरुले श्रद्धान्जली अर्पण गरेका थिए। 

बाँस्तोलाको पार्थिव शरिरलार्इ हिन्दु संस्कार अनुसार आजै पशुपति आर्यघाटमा अन्त्यष्टी गरिनेसमेत जनाइएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।