शनिबार, भदौ ६, २०८३

देशका कुन स्थानको तापक्रम कति?

केही दिनयता देशभरको तापक्रम निरन्तर बढ्दो क्रममा छ। कतिपय स्थानको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस आसपास पुगेको छ।
 |  सोमबार, वैशाख ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ४, २०८०

 काठमाडौं- केही दिनयता देशभरको तापक्रम निरन्तर बढ्दो क्रममा छ। कतिपय स्थानको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस आसपास पुगेको छ।

मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरणमा हाल १२ स्थानको अधिकतम तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि छ। महाशाखाले १६ स्थानको विवरण सार्वजनिक गरेको छ।

महाशाखाको पछिल्लो विवरणानुसार भैरहवाको अधिकतम तापक्रम सबैभन्दा बढी ४०.८ डिग्री सेल्सियस छ। सिमराको ३९.६, जनकपुरको ३९.५, नेपालगन्जको ३९.४, धनगढीको ३८.५, दिपायलको ३७.४, विराटनगरको ३७.२, वीरेन्द्रनगरको ३६.२, घोराहीको ३५.७, पोखराको ३२. २, काठमाडौंको ३१.५ र धनकुटाको अधिकतम तापक्रम ३०.७ डिग्री सेल्सियस छ।

यो हिजो (आइतबार) दिउँसो मापन गरी सार्वजनिक गरिएको विवरण हो। महाशाखाले हरेक दिन बिहान न्यूनतम र दिउँसो अधिकतम तापक्रम मापन गरी विवरण सार्वजनिक गर्ने गर्छ।

महाशाखाका अनुसार आज जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम ५ डिग्री सेल्सियस छ। ताप्लेजुङको १३.५, काठमाडौंको १४.२, डडेलधुराको न्यूनतम तापक्रम १४.८ डिग्री सेल्सियस छ।

प्रकाशित: Apr 17, 2023| 10:17 सोमबार, वैशाख ४, २०८०
प्रतिक्रिया दिनुहोस्