शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • काठमाडौं महानगरपालिका भित्र आज कोरोनाविरुद्धको बुस्टर डोज लगाइने

काठमाडौं महानगरपालिका भित्र आज कोरोनाविरुद्धको बुस्टर डोज लगाइने

काठमाडौं महानगरपालिका भित्र आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज लगाउने अभियान सुरु हुँदैछ।
 |  सोमबार, वैशाख ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ४, २०८०

काठमाडौं- काठमाडौं महानगरपालिका भित्र आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज लगाउने अभियान सुरु हुँदैछ।

कोराना भाइरसको सङ्क्रमण फैलिन थालेकाले बुस्टरको पहिलो र दोस्रो डोज दिने निर्णय गरेको महानगरपालिकाले जनाएको छ।

महानगरपालिका वडा नम्बर ८ र १९ को स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा नम्बर १० र ३१ को सामुदायिक सहरी स्वास्थ्य केन्द्र तथा राष्ट्रिय सभागृहमा बुस्टर खोप लगाउन सकिने छ।

१२ वर्ष उमेर माथिका, दोस्रो खोप लगाएको ३ महिना पूरा भएकालाई पहिलो बुस्टर मात्रा तथा पहिलो बुस्टर लगाएको ६ महिना पूरा भएकाले बिहान १० बजेदेखि दिउँसो चारबजेसम्म खोप लगाउन पाउने छन्। यसअघि गएको चैत २९ गतेदेखि ३० गतेसम्म ललितपुर महानगरपालिले पनि बुस्टर डोज दिन खोप अभियान चलाएको थियो। 

KMC-LETTER_SkaZ54RRao1681704786.jpg

प्रकाशित: Apr 17, 2023| 09:57 सोमबार, वैशाख ४, २०८०
प्रतिक्रिया दिनुहोस्