शनिबार, भदौ ६, २०८३

मोटरसाइकल दुर्घटना हुँदा सिरहामा एक जनाको मृत्यु

सिरहाको लहान–ठाडी सडकखण्ड अन्तर्गत प्रयागपुरमा मोटरसाइकल एकापसमा ठोक्किँदा आइतबार राति एक जनाको मृत्यु भएको छ। पाँच जना घाइते छन्।
 |  सोमबार, वैशाख ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ४, २०८०

सिरहा- सिरहाको लहान–ठाडी सडकखण्ड अन्तर्गत प्रयागपुरमा मोटरसाइकल एकापसमा ठोक्किँदा आइतबार राति एक जनाको मृत्यु भएको छ। पाँच जना घाइते छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार स. ४ प ५५१६ नम्बर र प्रदेश २–०१–००३–३२८९ नम्बरको मोटरसाइकल आइतबार राति ८ बजे एकापसमा ठोक्किँदा घाइते भएका सिरहा सखुवानन्कारकट्टी गाउँपालिका–४ का २२ वर्षीय अमित पासवानको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

उनीसँगै मोटरसाइकलमा पछाडि सवार सखुवानन्कारकट्टी गाउँपालिका–४ का सचिन पासवान र कमलेश मण्डल घाइते भएका छन्। स. ४ प ५५१६ नम्बर मोटरसाइकलमा सवार सप्तरी बलानविहुल गाउँपालिका–३ का ४५ वर्षीय शिवकुमार यादव, उनका पत्नी ३० वर्षीया पवित्रा र १० वर्षीय छोरा सुशान्तकुमार यादव घाइते भएका छन्।

घाइतेहरुको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारपछि थप उपचारका लागि विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डेले जानकारी दिए।

प्रकाशित: Apr 17, 2023| 09:25 सोमबार, वैशाख ४, २०८०
प्रतिक्रिया दिनुहोस्