शनिबार, भदौ ६, २०८३

छतबाट हाम फालेका रविका चालकको स्वास्थ्यवस्था कस्तो छ?

रास्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको घरको छतबाट खसेर उनका चालक घाइते भएका छन्।
 |  सोमबार, वैशाख ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ४, २०८०

काठमाडौं- रास्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको घरको छतबाट खसेर उनका चालक घाइते भएका छन्। भरतपुर ११ स्थित लामिछानेको घरबाट बिहान ४ बजेतिर सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ घर भएका  शम्भु भन्ने दिल बहादुर थापा गम्भीर घाइते भएका हुन्।

थापाको  खुट्टामा र टाउको चोट लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। यस विषयमा अनुसन्धान भइरहेको  प्रहरी प्रवक्ता विजय राज पण्डितले बताए।

प्रकाशित: Apr 17, 2023| 09:18 सोमबार, वैशाख ४, २०८०
प्रतिक्रिया दिनुहोस्