शनिबार, भदौ ६, २०८३

घरको छतबाट हाम फालेका रविका सवारी चालक थापा गम्भीर घाइते

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापा घरको छतबाट हाम फालेका छन्।
 |  सोमबार, वैशाख ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ४, २०८०

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापा घरको छतबाट हाम फालेका छन्। भरतपुर-११ स्थित लामिछाने बस्ने गरेको घरमा सुतेका ३५ वर्षका थापाले गएराती १२ बजेतिर छतबाट हाम फालेका हुन्। 

गम्भीर घाइते थापाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरी प्रवक्ता डीएसपी विजय पण्डितले बताए। उनको टाउको र खुट्टामा चोट लागेको छ। घटना रहस्यमय रहेको र अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 17, 2023| 08:30 सोमबार, वैशाख ४, २०८०
प्रतिक्रिया दिनुहोस्