शनिबार, भदौ ६, २०८३

प्रदूषित हावाका कारण देशभरको हवाई उडान प्रभावित

केही दिन यता काठमाडौं उपत्यकासहित देशभर भएको वायु प्रदूषणका कारण देशैभर हवाई उडान प्रभावित बनेको छ
 |  सोमबार, वैशाख ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ४, २०८०

काठमाडौं- केही दिन यता काठमाडौं उपत्यकासहित देशभर भएको वायु प्रदूषणका कारण देशैभर हवाई उडान प्रभावित बनेको छ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार कम भिजिबिलिटीका कारण आन्तरिक विमानस्थलहरूको उडान प्रभावित बनेको हो। काठमाडौंमा अन्तर्राष्ट्रिय उडानहरू भने सामान्य भइरहेका छन्।

प्रदूषणलाई नेपालबाट अन्यत्रै लैजाने गरी हावा नचल्ने र पानी पर्ने पनि सम्भावना नरहेकाले प्रदूषण अझै केही दिन स्थिर रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित: Apr 17, 2023| 07:25 सोमबार, वैशाख ४, २०८०
प्रतिक्रिया दिनुहोस्