बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएका सीके राउतका कार्यकर्ता पक्राउ

मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएका सीके राउतका कार्यकर्ता पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाउन गएका सीके राउतका कार्यकर्ता जनकपुरबाट पक्राउ परेका छन् । जनकपुर चुरोट कारखानास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको गेटबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा संजय यादव, विश्वनाथ चौधरी र अमरदीप यादव रहेको जनाइएको छ । प्रहरीले रौतहट सदरमुकाम गौरबाट पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक राउतलाई रिहा गर्न माग गर्दै उनीहरु मुख्यमन्त्री कार्यालय पुगेका थिए।

मुख्यमन्त्री कार्यालयस्थित सुरक्षाकर्मीले उनीहरुसँग काम विशेषको बारे जानकारी मागेका थिए । उनीहरुले आफूहरु राउत समर्थक रहेको र मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउन आएको भन्दै जबाफ फर्काएका थिए । आफूलाई राउत समर्थक बताएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

यता प्रहरीले भने मन्त्रीपरिषद कार्यालय गेटबाट तीनजना पक्राउ परेपनि उनीहरुको बारे अनुसन्धान भइरहेको जनाएको छ। धनुषाका एसपी गोविन्द थपलियाले तीनजना पक्राउ परेको र उनीहरु को हुन भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

यसैगरी बीरगंजबाट एक दर्जनभन्दा बढी राउत समर्थकहरु पक्राउ परेको बुझिएको छ। बीरगंज उच्च अदालतमा आइतबार राउतको मुद्दाको वहस चलि रहेको छ । राउत पक्षमा नाराबाजी गर्दै अदालत परिसरभित्र प्रवेश गर्न खोज्ने उनका केहि कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।