शनिबार, भदौ ६, २०८३

आफैँमाथि गोली प्रहार गरेका प्रहरीको मृत्यु

दाङको तुलसीपुरस्थित कारागार सुरक्षा गुल्ममा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैँलाई गोली हानेका छन्।
 |  सोमबार, वैशाख ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ४, २०८०

दाङ- दाङको तुलसीपुरस्थित कारागार सुरक्षा गुल्ममा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैँलाई गोली हानेका छन्।

आइतबार बेलुका साढे ८ बजेतिर आफैँलाई गोली हान्दा तुलसीपुर उपमहानगरपालिका-८ टिकरीनिवासी सहायक हवलदार  ३५ वर्षीय वसन्त केसीको घटनास्थलमै मृत्यु भएको हो।

उनी कारागार सुरक्षा गुल्म तुलसीपुरमा केही दिन पहिले मात्रै आएका थिए। डेयुटीमै रहेका केसीले आफैँलाई गोली हानेको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए। केसी यसअघि ४८ नम्बर रिजर्भ गुल्म कपिलवस्तुमा कार्यरत थिए।

प्रकाशित: Apr 17, 2023| 07:00 सोमबार, वैशाख ४, २०८०
प्रतिक्रिया दिनुहोस्