शनिबार, भदौ ६, २०८३

आईपीएलमा राजस्थानसँग गुजरात तीन विकेटले पराजित

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सलाई पराजित गर्दै राजस्थान रोयल्स विजयी भएको छ।
 |  सोमबार, वैशाख ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ४, २०८०

काठमाडौं- इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सलाई पराजित गर्दै राजस्थान रोयल्स विजयी भएको छ। अहमदाबादमा गएराति भएको खेलमा राजस्थानले गुजरातलाई तीन विकेटले पराजित गरेको हो।

गुजरातले दिएको १ सय ७८ रनको लक्ष्य राजस्थानले १९ ओभर २ बलमा ७ विकेट गुमाएर भेटायो। राजस्थानका लागि कप्तान सञ्जु सामसन र शिमरन हिटमायरले अर्धशतकीय पारी खेले।  सामसनले ६० रन बनाए भने  हिटमायरले ५६ रन बनाए। यस्तै,  देवदत्त पडिकलले २६, ध्रुव जुरेले १८ रन बनाए।

गुजरातका लागि मोहम्मद सामीले ३ विकेट लिए भने राशिद खानले २ तथा हार्दिक पान्डे र नुर अहमदले १/१ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रन बनायो।

गुजरातका लागि डेबिड मिलरले सर्वाधिक ४६ रन बनाए। शुभमन गिलले ४५, कप्तान हार्दिक पान्डेले २८,  अभिनव मनोहरले २७ र साइ सुदर्शनले २० रन बनाए। राजस्थानका लागि सन्दीप शर्माले दुई विकेट लिए भने ट्रेन्ट बोल्ड, एडम जाम्पा र युजभेन्द्र चहलले १/१ विकेट लिए।

जितसँगै राजस्थान ८ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा कायमै छ। गुजरात भने ६ अङ्कका साथ तेस्रो स्थानमा छ।

यसअघि हिजोको पहिलो खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई ५ विकेटले हराएको थियो।

प्रकाशित: Apr 17, 2023| 06:48 सोमबार, वैशाख ४, २०८०
प्रतिक्रिया दिनुहोस्