शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • काठमाडौंको तुवाँलो तीन दिनसम्म रहने, देशभर डढेलोको उच्च जोखिम

काठमाडौंको तुवाँलो तीन दिनसम्म रहने, देशभर डढेलोको उच्च जोखिम

 |  सोमबार, वैशाख ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ४, २०८०

काठमाडौं- हाल नेपालमा उच्च चापीय प्रणालीको प्रभाव रहेको छ। यो प्रणालीको प्रभावले अझै केही दिन वायुमण्डल स्थिर रहने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

लामो समयदेखि वर्षाका गतिविधिमा पनि कमी आएको हुनाले डढेलोका घटनाहरू पनि बढेका छन्। यसको परिणाम स्वरूप काठमाडौं उपत्यका लगायत देशका धेरै भू-भागहरूमा तुवाँलो समेत लाग्ने गरेको र सो क्रम अझै आगामी तीन दिनसम्म पनि जारी रहने सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा सामान्यतया मौसम सफा रहने छ।

देशका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन तथा चट्याङसहित हल्का-क्षणिक वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।

प्रकाशित: Apr 17, 2023| 05:53 सोमबार, वैशाख ४, २०८०
प्रतिक्रिया दिनुहोस्