काठमाडौं- प्रधानमन्त्री केपीशर्मा ओली दशैं कार्यक्रममा सहभागी हुन झापा जाने भएका छन्। प्रधानमन्त्री ओलीको सुरक्षा प्रबन्धका लागि सुरक्षा सतर्कता पनि बढाईएको छ। ओली आफ्ना कार्यकर्ता तथा शुभ चिन्तकलाई दशैंको शुभकामना दिन कार्तिक १ गते झापा जाने भएका हुन्।
झापाको बिर्तामोडमा आयोजित दशैं शुभकानमा आदान प्रदानको सुरक्षा तयारी मजबुद बनाईएको झापा प्रहरी प्रमुख एसपी भिम ढकालले जानकारी दिए। नेपाल समयसंग कुरा गदै एसपी ढकालले कार्यक्रमको सुरक्षाकोलागि नेपाल भारत नाकामा सुरक्षा ब्यबस्था मजबुत बनाईएको छ।
डग स्न्यापीङको लागी प्रदेश प्रहरीबाट विशेष तालीम प्राप्त चारवटा कुकुरसहितको प्रहरी टोलिले चेकिङ गरिरहेको छ भने शंकास्पदस्थल तथा व्यक्तीमाथि निगरानी बढाईएको छ। ओलीको सुरक्षाका विषयलार्इ लिएर झापामा सुरक्षा समितिको बैठक बसेको छ।
शुभकानमा कामना आदान प्रदान सकिएलगतै ओली सोहि दिन काठमाडौ फर्कने छन
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४