शनिबार, भदौ ६, २०८३

उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

 |  आइतबार, वैशाख ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३, २०८०

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १० गते हुने उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका छन्। सुरक्षा परिषद्को सिफारिस र प्रधानमन्त्रीको पत्रको आधारमा राष्ट्रपतिले सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका हुन्।

उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न ‘एकीकृत सुरक्षा कार्य योजना, २०७९’ सेना परिचालनसम्बन्धी व्यवस्था छ। जसअनुसार अनुसार सुरक्षा निकायहरूबीच एकीकृत तथा समन्वयात्मक रूपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषद्को चैत २८ मा सिफारिस गरेपछि मन्त्रिपरिषद्को सोही दिनको बैठकले आवश्यक निर्णय गरेको थियो। 

त्यसको दुई दिनपछि चैत ३० गते प्रधानमन्त्री प्रचण्डले लेखेको पत्रको आधारमा राष्ट्रपतिले संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेका हुन्। वैशाख १० गते आइतबार बारा-२, चितवन-२ र तनहुँ-१ मा उपनिर्वाचन हुँदैछ।

प्रकाशित: Apr 16, 2023| 17:46 आइतबार, वैशाख ३, २०८०
प्रतिक्रिया दिनुहोस्