काठमाडौं- ट्याक्टरमा माटो ओसारपसार गर्ने क्रममा घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका एक हवल्दारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले सुरक्षा बेसक्याम्प बिष्णुपुरा रुपन्देहीका सशस्त्र प्रहरी सहायक हवल्दार नगेन्द्र सेनविरुद्ध भ्रष्टाचार मुद्दा हालेको हो।
सेनले सेवाग्राहीसँग ट्याक्टरमा माटो ओसारपसार गर्ने क्रममा घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको कार्यालय बुटवलबाट थएको टोलीले पुनले २० हजार घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरेको हो।
अनुसन्धानका क्रममा उनलेले घुस लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।