सुर्खेत- सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा सुर्खेतमा दुई जना प्रहरी प्रक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिंदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय बाबियाचौरमा कार्यरत प्रहरी निरीक्षक सुशोभन श्रेष्ठ र प्रहरी जवान तिलक लामिछानेलाई पक्राउ गरेको हो।
पञ्चपुरी नगरपालिका-२ सालकोटमा रहेको अस्थायी प्रहरी पोष्टबाट १५ हजार घुस रकम मागेर भाग्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयका निमित्त प्रमुख जंगबहादुर डाँगीले जानकारी दिए।
उनका अनुसार सुनचाँदी पसल चोरी भएको र पक्राउ गर्नमा सहजिकरण गरिदिए वापत उनीहरुले घुस रकम मागेका थिए। पक्राउ परेका दुवै जनालाई आयोगले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको अख्तियारले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४