आइतबार, जेठ ३, २०८३

परीक्षा दिइरहेका विद्यार्थीले कोभिड खोप लगाउन पाउने

स्वास्थ्य मन्त्रालयले विश्वविद्यालयले सञ्चालन गरिरहेको परीक्षामा सहभागी हुने विद्यार्थीलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेकोे छ।
 |  बुधबार, साउन २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २७, २०७८

National life

काठमाडौं– स्वास्थ्य मन्त्रालयले विभिन्न विश्वविद्यालयले सञ्चालन गरिरहेको परीक्षामा सहभागी हुने विद्यार्थीलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेकोे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चारवटा केन्द्र तोकेर परीक्षार्थीलाई खोप दिने जनाएकोे छ। राजधानीभित्र राधास्वामी केन्द्र बसुन्धारा, सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीरेन्द्र सैनिक अस्पताल छाउनी र नेपाल प्रहरी अस्पताल पानीपोखरीबाट खोप दिइने मन्त्रालयले जनाएको हो। 

सरकारले परीक्षार्थीलाई खोप दिने निर्णय गरेर परीक्षा सञ्चालनमा सहज बनाएको त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए। त्रिविअन्तर्गत हाल स्नातक र स्नातकोत्तर तहका विभिन्न विषयको परीक्षा भइरहेको छ।

प्रकाशित: Aug 11, 2021| 17:30 बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्