शनिबार, भदौ ६, २०८३

सोमबार गुल्मीमा मह दिवस मनाइँदै

 |  आइतबार, वैशाख ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३, २०८०

गुल्मी- गुल्मीको मुसिकोट नगरपालिका–८ र ९ मा रहेको सालिमे मौरी स्मार्ट गाउँ कार्यक्रमले सोमबार मह दिवस मनाउँदैछ।

मौरीपालन व्यवसायलाई थप व्यवसायीकरण गरी गुल्मीलाई महमा आत्मनिर्भर बनाउने उक्त दिवसको लक्ष्य रहेको छ। मौरी स्मार्टमा हाल ५१ किसान सङ्गठित रहेको अध्यक्ष चुमा घर्तीमगरले जानकारी दिए। 

मौरी स्मार्टले पहिलो वर्षलाई आधार वर्षको रूपमा लिएको र सोअन्तर्गत सङ्गठित किसान, मौरी पालन र महको बजारीकरणलाई आधार बनाइएको थियो। दोस्रो वर्ष वृद्धि वर्षको रूपमा मौरी पालन बढाइएको थियो। तेस्रो वर्ष अहिले मह दिवस मनाउन थालिएको र आगामी वर्ष निर्यात वर्षको रूपमा रहनेछ। 

पहिलो वर्षमा रु ३२ लाख र दोस्रो वर्षमा रु ३७ लाख ५० हजार लुम्बिनी प्रदेश सरकारको मौरी स्मार्टमा लगानी भएको छ। जसमा मौरीका लागि आवश्यक सामग्री, मह बनाउने तालिम र घार निर्माणका लगानी गरिएकोे अध्यक्ष घर्तीमगरले बताए। “मौरीको व्यवसायीकरण, प्रवर्द्धन र निर्यात सहजताका लागि दिवस मनाउन लागिएको हो” उनले भने, “मह दिवसले मौरी पालन गर्न  थप आकर्षित गर्नेछ।”
 

प्रकाशित: Apr 16, 2023| 21:47 आइतबार, वैशाख ३, २०८०
प्रतिक्रिया दिनुहोस्