बिहीबार, साउन ७, २०८३

बारामा बालकको अपहरणपछि हत्या : दुई जना पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौ- बारामा एक बालकको अपहरणपछि हत्या भएको छ । अपहरणमा परेका ६ बर्षिया बालको दिपक यादबको शनिबार राती शव फेला परेको हो । 

घनेश्वर यादबका ६ वर्षीय गुल्लु भनिने दिपक यादवको शव सिम्रनगौड नगरपालीका–३ नैका टोल नजिकैको जंगलमा फेला परेकाे जिल्ला प्रहरी कार्यालय बाराकी प्रहरी प्रमुख मिरा चौधरीले जानकारी दिइन । 

उनका अनुसार असोज २४ गते हराएका गुल्लुको प्रहरीले खोजीकार्य तिव्र पारेको  थियो । हराएका बालक अपहरणमा परेको र  १० लाख फिरौती मगिएको चौधरीले नेपाल समयलाई जानकारी दिइन । पुरै सडेको अबस्थामा फेला परेको शव २४ गतेनै हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । बालकाको हत्या गरेको आशंकामा प्रहरीले स्थानीय हरेन्द्र कुसवहा र श्यामसुन्दर बैठालाई नियन्त्रणमा लिएको छ ।  

हजुरबुवासंग मेला हेर्न गएका ६ बर्षिय दिपक घर पर्कने अपहरण परेका थिए ।  नसालु पदार्थ सुगाँयर अपहरण गरेको बताईएको छ । हरेन्द्रले अपहरण गरेको स्वीकार गरेका छन । शवको पोष्टमार्टम भैरहेको र थप अनुसन्धानको काम अघि बढाइएको एसपी चौधरीले जानकारी दिइन् ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।