बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • छोरी आएपछि कांग्रेस नेता बास्तोताको आजै अन्तेष्टि गरिने

छोरी आएपछि कांग्रेस नेता बास्तोताको आजै अन्तेष्टि गरिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली कांग्रेसका नेता चक्र बास्तोलाको आइतबार साँझ अन्तेष्टि गरिने भएको छ । मस्तिष्काघात भएर ६ वर्षदेखि थलिएका बास्तोलाको शनिबार राति निधन भएको हो । 

बास्तोलाको पार्थिव शरिरलाई अन्तिम श्रद्धान्जलीका लागि आइतबार दिउँसो १ देखि ४ बजेसम्म पार्टी कार्यालय सानेपामा राखिदैछ । पार्टी कार्यलयमा विभिन्न दलका शीर्ष नेता र कार्यकर्ताहरुले श्रद्धान्जली दिने कार्यक्रम छ । 

श्रद्धान्जली पछि आजै पशुपति आर्यघाटमा अन्तेष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । बास्तोका दुई छोरी मध्ये एक छोरी वेलायतबाट आउदैछिन् । उनी आएपछि साँझ अन्तेष्टि गरिने जनाइएको छ । 

बास्तोलाको उपचारमा संलग्न न्युरो अस्पताल बाँसबारीका चिकित्सकहरूले शनिबार दिउँसै उनको ‘क्लिनिकल्ली डेथ’ भएको घोषणा गरेपछि परिवारले खुमलटारस्थित निवासमा लगेको थियो । उनलाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला, सहमहामन्त्री डा प्रकाशशरण महतसहितका नेताहरू खुमलटार पुगेका थिए । 

भारतका लागि नेपाली राजदूतसमेत भएका बास्तोला परराष्ट्रमन्त्रीसम्म बनेका थिए । उनी ०४८ मा भारतका लागि राजदूत बने भने ०५२, ०५५, ०५६ र ०५७–५८ गरी चारपटक मन्त्री भएका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।