कञ्चनपुर- पश्चिमी सिमानाकामा लागु औषधको ओसार पसार नियन्त्रण गर्न तालिम प्राप्त कुकुरको प्रयोग गरिएको छ ।
मुख्य गरेर चाडपर्वका बेला लागुऔषधको ओसार पसार र कारोवार वढि हुने गड्डाचोकी सिमानाकामा कुकुर शाखा धनगढि वाट कुकुर ल्याई चेक जाच गर्न गर्न थालिएको हो ।
देशकै मुख्यनाकाका रुपमा विकसित हुदै गईरहेको गड्डाचौकी नाकाबाट दैनीक हजारौको संख्यामा यात्रु नेपाल भित्रिनै भएकाले भिडभाडको बेला हुनसक्ने लागुऔषधका कारोवार नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।
कञ्चनपुर प्रहरीको आग्रहमा लागुऔषध सम्बन्धि विषेश तालिम प्राप्त कुकुर को प्रयोग गरीएको कुकुर शाखा धनगढिका प्रहरी हवल्दार खडक धामीले जानकारी दिए ।
सुदुरपश्चिम प्रदेशको कैलालीको धनगढिमा गतवर्ष ४ वटा विषेश तालिम दिईएका दक्षता प्राप्त कुकुर ल्याई नेपाल प्रहरीको कुकुर शाखा स्थापना गरीएको थियो।
जसमध्ये २ कुकुर विष्फोटक पदार्थका सम्वन्धि दक्षता प्राप्त छन भने १ ट्रयाक र १ लागुऔषध सम्वन्धि दख्खल राख्ने रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४