बिहीबार, साउन ७, २०८३

रितिदै काठमाडौं : २० लाख यात्रु घर हिडे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- दशैंका लागि घर जाने यात्रुको चाप बढेपछि काठमाडौं रितिदै गएको छ ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार आइतबार बिहानसम्ममा १९ लाख ७३ हजार ३४१ जनाले काठमाडौं छाडेका छन् ।  सरकारले ५ असोजदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खोलेको थियो । यो सोहि दिनदेखिको रेकर्ड हो । महाशाखाका अनुसार यसमा मोटर साइकलमा काठमाडौं छाड्ने बाहेकको तथ्याङ्क समावेश छैन् । 

ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्तकुमार पन्तका अनुसार दैनिक डेढलाखको हाराहारीमा यात्रुहरुले काठमाडौं छाड्दै आएका छन् । आइतबार, सोमबार र मंगलबार काठमडाौं छाड्नेको संख्या अत्याधिक मात्रामा वृद्धि हुने उनले जानकारी दिए । उनले भने– यो तीन दिनमा दैनिक २ देखि ३ लाखसम्मले काठमाडौं छाड्न सक्ने हाम्रो अनुमान छ । 

महाशाखाका अनुसार शनिबार मात्रै १ लाख ५९ हजार ७४० यात्रुले काठमाडौं छाडेका छन् भने शुक्रबार १ लाख ५७ हजार ९५१ यात्रु दशैं मनाउन काठमाडौंबाट बाहिरीएका छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।