शनिबार, भदौ ६, २०८३

दार्चुलामा किशोर-किशोरी एकै ठाउँमा मृत भेटिए

घटनास्थलमा दुइटा मोबाइल पनि फेला परेका छन्। 
 |  शुक्रबार, वैशाख १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १, २०८०

काठमाडौं- दार्चुलाको नौगाड गाउँपालिका-४ स्थित बौलासल्याडमा एक किशोर र एक किशोरी मृत भेटिएका छन्। उनीहरु अन्दाजी १६-१७ वर्ष उमेरका रहेको प्रहरीले जनाएको छ। 

मृत भेटिनेमा जितेन्द्र ठगुन्ना र सञ्चिता धामी हुन्। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरू प्रेम सम्बन्धमा रहेको खुलेको छ। 

बिहीबार बिहान ती किशोर र किशोरीलाई घटनास्थल नजिकै देखेको स्थानीयले बताएका छन्। प्रहरीका अनुसार किशोरीको शवमा चोटपटक लागेको देखिएको छ भने जितेन्द्रको शव किशोरीको भन्दा करिब ४० मिटर तल भीरमा अड्किएको अवस्थामा फेला परेको छ।

घटनास्थलमा दुइटा मोबाइल पनि फेला परेका छन्। 

प्रकाशित: Apr 14, 2023| 18:22 शुक्रबार, वैशाख १, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

बझाङमा चार रेक्टरमाथिका ११ भूकम्प, परकम्प अझै केही दिन आउने

भूगर्भविद् लोकविजय अधिकारी नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुनै पनि बेला भूकम्प जान सक्ने बताउँछन्।

खुला आकाशमुनि रात बिताए बझाङबासीले [तस्बिरहरु]

हिजो दिउँसो दुइटा ठूला र अन्य थुप्रै ससाना झट्का महसुस भएको थियो।