सोमबार, चैत २, २०८२

भारतको उडिसामा आएको आँधीमा परी २१ को मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
नयाँदिल्ली-  भारतको उडिसा राज्यमा आएको चक्रवात (आँधी) मा परी २१ जनाको मृत्यु भएको छ । अत्यधिक वर्षा र त्यसपछिको बाढीसँगै आएको चक्रवातमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका हुन् । 

उडिसा राज्यको गाजापाटी, नयागार्ह, कान्धामाल, कुत्ताक, केन्झार र अङगुल जिल्ला प्रभावित भएको छ । गत बिहीबारदेखि शुरु भएको यस प्रकोपमा परी शनिबार सम्ममा २१ व्यक्तिको मृत्यु भएको छ । 

चक्रवातको कारण उडिसा राज्यका धेरै ठाउँमा नराम्ररी प्रभाव पारेको र त्यसमा पनि गाजापाटीमा सवै भन्दा धेरै प्रभावित    भएको बताइएको छ । गाजापाटीमा १५ जनाको मृत्यु भएको एक सरकारी अधिकारीले जानकारी दिएका छन् । 

गाजापाटी जिल्लाको बाराघारा गाउँमा रहेको एउटा शिविरमा बसेका २२ जना मध्ये १५ जनाको मृत्यु भएको बताइएको छ । शिविरमै रहेका मध्ये अरु चार जना हराइरहेका छन् ।    

त्यसैगरी नायागार्हमा दुई जनाको र कान्धामाल, कुत्ताक, केन्झार र अङगुल जिल्लामा एक एक जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । उडिसासँगै छिमेकी राज्य आन्ध्र प्रदेशमा पनि चक्रवातले असर गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।  एजेन्सी 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।