काठमाडौं- नेपालमा निजी क्षेत्रबाट व्यावसायिक पत्रकारिताको जग बसालेका हेमराज ज्ञवालीको शनिबार राति निधन भएको छ।
७९ वर्षीय ज्ञवालीलार्इ हृदयाघातका कारण बाँसबारीस्थित गंगालाल हृदय रोग केन्द्रमा उपचारार्थ भर्ना गरिएको थियो। स्वर्गीय ज्ञवाली कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष थिए। कान्तिपुरमा भएको विभाजनपछि नेपाल रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष थिए।
उच्च सरकारी सेवाबाट अवकाशपछि उनले सञ्चार उद्यमीका रूपमा अलग पहिचान बनाएका थिए। स्वर्गीय ज्ञवाली नेपाली समाज, साहित्य, संस्कृति र पूर्वीय दर्शनका गहन अध्येता हुन्। उनी चैत १९९५ मा गुल्मीमा जन्मेका हुन् । स्वर्गीय ज्ञवालीका पत्नी र तीन छोरा छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४