बिहीबार, साउन ७, २०८३

फेरि १० वर्षीया बालिकाको बलात्कारपछि हत्या

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- धनुषामा १० वर्षीया एक बालिकाको बलात्कारपछि हत्या भएको छ। औरही गाउँपालिका-२ देउरी परवाहाकी मनिका यादवको बलात्कारपछि हत्या भएको हो।

उनको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा स्थानीय विनोद मुखिया बिन र नथुनी पण्डित रहेको धनुषाका प्रहरी प्रमुख एसपी गोविन्द थपलियाले जानकारी दिए। पक्राउ पर्ने दुवै जना मृतक बालिकाका छिमेकी हुन्।

मुखियालाई जनकपुरबाट र पण्डितलाई गाउँबाटै शनिबार पक्राउ गरिएको एसपी थपलियाले बताए। मुखिया यसअघि पनि गोली प्रहार तथा लुटपाटसम्बन्धी मुद्दामा १० वर्ष जेल सजाय काटिसकेका व्यक्ति हुन्।

मनिकाको घरनजिकै दशैंको मेला लागेको थियो। मदिरा सेवन गरेका मुखिया र पण्डितले उनलाई चकलेट किन्न १० रुपैयाँ दिँदै फकाएर लगेका थिए। गाउँनजिकैको खेतमा उनीहरूले बलात्कार गरी उनको हत्या गरेको एसपी थपलियाको भनाइ छ। मनिकालाई फकाउनुअघि मुखिया र पण्डितले अर्की बालिकालाई फकाउने प्रयास गरेको तर उनले नमानेपछि मनिकालाई फकाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

शुक्रबार राति नौ बजेदेखि बेपत्ता भएकी मनिकालाई गाउँलेले रातभर खोजी गरेका थिए। तर, उनको शव शनिबार अपरान्ह खेतमा गाडेको अवस्थामा बरामद भएको थियो। गाडेको अवस्थामा शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए। 

कञ्चनपुरकी निर्मला पन्तको हत्याकाण्डजस्तै मनिकाको हत्या पनि ठूलो घटना रहेको एसपी थपलियाले बताए। पक्राउ परेका मुखिया र पण्डितलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।