बिहीबार, साउन ७, २०८३

कांग्रेस नेता चक्र बाँस्तोलाको अवस्था चिन्ताजनक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली कांग्रेसका नेता चक्र बाँस्तोलाको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको छ।

६ वर्षदेखि अचेत रहेका बाँस्तोलालार्इ चिकित्सकले शनिबार अपरान्ह तीन बजे घर फर्काइदिएका थिए। स्वास्थ्य अवस्था गम्भीर बनेपछि शुक्रबार उनलाई बाँसबारीस्थित न्युरो अस्पताल पुर्याइएको थियो। चिकित्सकको सल्लाहपछि शनिबार खुमलटारस्थित निवास फर्काइएको हो। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने बाँस्तोलाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको जानकारी दिए।

नेपाल समयका रिपोर्टिङ चिफ लिलाराज खनालका अनुसार उनको अवस्थाबारे बुझ्न कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइरालालगायत नेता/कार्यकर्ता बाँस्तोलाको निवासमा भेला भएका छन्। महामन्त्री कोइरालाले उनको स्वास्थ्य अवस्था पहिलेभन्दा चिन्ताजनक रहेको जानकारी दिए।

बाँस्तोलाको स्वासप्रस्वास सञ्चालनमै छ। तर, शरीरका अंगहरू सक्रिय सञ्चालनमा छैनन्। यस्तो अवस्था यसअघि पनि देखिएको परिवारजनले बताएका छन् । यसअघि अक्सिजन दिइएकामा अहिले निकालिएको छ। 

६ वर्षअघि मोरङमा आयोजित एक भेलालाई सम्बोधन गर्दा उनी लडेका थिए। बाँस्तोलालाई मस्तिष्कघात भएको थियो। त्यतिबेलैदेखि उनी अर्धचेत अवस्थामा थिए।

तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन कांग्रेसका तर्फबाट बाँस्तोलाले निर्वाह गरेको भूमिकाको स्मरण गर्ने गरिएको छ। कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र रहेका उनी कांग्रेसका पुराना नेता हुन्। र, भारतका लागि नेपाली पूर्वराजदूत पनि हुन्। 

नेता बाँस्तोलालाई अघिल्लो महिना मात्रै प्रजातन्त्र स्थापनाको संघर्षमा महत्वपूर्ण योगदान दिएवापत बीपी कोइराला स्मृति ट्रस्टले यस वर्षको सेनानी सम्मान प्रदान गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।