काठमाडौं-नेप्से बजारको कारोबार घटे पनि परिसूचक बढेको छ । यस साता नेप्से काराेबार शुरु भएकाे पहिलाे दिनकाे तुलनामा अन्तिम दिन नेप्से परिसूचक बढे पनि काराेबार घटेकाे हाे । पहिलो दिन नेप्से परिसूचक एक हजार २१४.३६ विन्दुमा रहदा कारोबार ४० करोड ७५ लाख एक हजार ४८१ रुपैयाँ भएको थियो ।
यस साता (२१-२५ असाेज) नेप्से कारोबारको अन्तिम दिन बिहिबार परिसूचक आइतबारकोभन्दा १३.९२ अंक बढेर एक हजार २२८.२८ विन्दुमा पुगेको छ । यद्यपि कारोबार भने १५ करोड ५२ लाख रुपैयाँ घटेर २५ करोड २२ लाख ९१ हजार ५४० रुपैयाँमा खुम्चिएको छ ।
‘क’ बर्गको सेन्सेटीभ इन्डेक्स ३.५१ अंकले बढेको छ । कारोबार भएको शुरु दिन आइतबार २५७.५३ बिन्दुमा रहेको सेन्सेटीभ इन्डेक्स बढेर २६१.४ बिन्दुमा पुगेको हो ।
सबैभन्दा बढी ननलाईफ इन्स्योरेन्सको परिसूचक बृद्धि

नेप्से बजारमा आएको एघार समूह मध्ये यस साता सबैभन्दा बढी नन लाइफ इन्स्योरेन्सको परिसूचक ३७.२ अंक बढेको छ ।
त्यसपछि विकास बैंक समूहको परिसूचक १८.५७, बैंकीङ समूहको परिसूचक १८.३७, अन्य समूहको परिसूचक ११.६१, फाइनान्स समूहको परिसूचक ४.४१, माइक्रो फाइनान्स समूहको परिसूचक ५.०७ बढेको छ ।
व्यपार समूहको परिसूचक स्थीर छ भने लाईफइन्योरेन्सको परिसूचक १६.७५, हाइड्रो पावरको परिसूचक १५.४९, होटेल समूहको परिसूचक १५.११ र उत्पादनमुलक समूहको परिसूचक ४.५५ अंक घटेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४