बिहीबार, साउन ७, २०८३

नेपालमा १० लाख बाथरोगी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौ- मानिसको जीवनशैलीमा आएको परिवर्तनका कारण बाथरोगले दिनानुदिन बढी व्यक्तिलाई ग्रसित पार्दैछ।

विश्व बाथरोग दिवसका अवसरमा नर्भिक अस्पतालले गरेको जनचेतनामूलक कार्यक्रममा दिइएको जानकारीअनुसार सबै उमेर समूहका मानिस बाथरोगबाट ग्रसित छन्।

बाथरोग र अस्थिपञ्जरसम्बन्धी रोग दुर्इ सयभन्दा बढी प्रकारका छन्। बाथरोग लागिसकेपछि सामान्यतया रोग लागेको भाग वा अंग दुख्ने, चलाउन कठिन पर्ने, कक्रक्क पर्ने समस्या देखा पर्छ। 

धूमपान, बढी तौल तथा अनावश्यक मोटोपना, वंशानुगत कारण मानिसमा बाथरोग लाग्ने जोखिम बढ्ने गर्छ। बाथरोगसम्बन्धी जनचेतना अभिवृद्धि गराउन उक्त अस्पतालले शनिबार बिहान प्रभातफेरी कार्यक्रमको आयोजना गर्यो।

नर्भिक प्रांगणबाट शुरु भई थापाथली, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड गेट, कमलपोखरी, कालोपूल, जयवागेश्वरी, गौशाला, पुरानो बानेश्वर, बबरमहल हुँदै नर्भिकको प्रांगणमा आएर समापन भएको थियो। कार्यक्रममा बाथरोगीका अलावा सर्वसाधारण, चिकित्सकसहित करिब डेढ सय जनाको सहभागिता थियो।

विश्व बाथरोग दिवस हरेक वर्ष अक्टोबर १२ मा विश्वभर मनाइन्छ। नेपालमा १० लाखभन्दा बढी मानिस यस रोगबाट पीडित भएको कार्यक्रममा जानकारी दिइएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।