काठमाडौं- आईसीसी विश्वकप टी-२० एसिया क्षेत्र छनोट ‘बी’ को उपाधि विजेता नेपाली टोली आज शनिबार स्वदेश फर्कदा टोलीका महत्वपूर्ण सदस्य सन्दीप लामिछाने भने नआउने भएका छन् ।
नेपाललाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका सन्दीप मलेसियाबाटै अफगानिस्तान प्रिमियर लिग खेल्नका लागि युईए जाने भएका छन् । नेपाली टोलीका अन्य सदस्य भने मालिन्डो एयर मार्फत शनिबार दिउँसो स्वदेश आइपुग्ने बताइएको छ।
अपराजित रहँदै नेपाली टोलीले नेट रन रेटका आधारमा उपाधि जितेको हो। नेपालले ६ खेलमा ११ अंक जोडेको थियो। शुक्रबार सिंगापुरविरुद्धको खेल बर्षाका कारण रद्द भएको थियो। सिंगापुरसँग अंकमा बराबरी भएपनि नेट रनरेटका आधारमा विजेता बनेको हो।
नेपालले जितेको छ। ८२ रनको लक्ष्य पक्ष्याएको नेपाल ०.३ ओभरमा १ रन बनाउन १ विकेट गुमाएको अवस्थामा पानी परेपछि खेल खेल पुन हुन नसक्नेभए पछि नेपाल विजेता बनेको हो।
नेपालले यस अघि म्यानमार र मलेसियालाई ८ विकेटले पराजित गरेको नेपालले थाइल्यान्डलाई १ सय ४० रनको फराकिलो अन्तरले पराजित गरेको थियो। त्यस्तै भुटानलाई १ सय १७ र चीनलाई १० विकेटले पराजित गरेको थियो। नेपाल सहित सिंगापुर र मलेसिया अघिल्लो चरणमा प्रवेश गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४