बिहीबार, साउन ७, २०८३

गुर्जा हिमालमा भिषण हिमपहिरो : १ को मृत्यु, ८ बेपत्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
म्याग्दी- म्याग्दीको धौलागिरि गाउँपालिका-१ मा पर्ने गुर्जा हिमालमा ठूलो हिमपहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने आठ बेपत्ता भएका छन्। सात हजार एक सय ९३ मिटर उचाइको गुर्जा हिमाल आरोहणमा गएका पाँच कोरियाली र चार नेपाली बेपत्ता भएका हुन्। 

हावाहुरीसँगै गएको हिमपहिरोका कारण बेपत्ता भएकामध्ये एक जनाको शव भेटिएको छ। तर, उनको पहिचान हुन नसकेको जिल्ला प्रहरी म्यादीका निरीक्षक लोकबहादुर गुरुङले जानकारी दिए। हिमाल आरोहणका लागि आधारशिविरमा बसेको टोली एक्कासी हावाहुरी आएर टेन्ट उडाएपछि बेपत्ता भएको उनले बताए। 

सदरमुकाम बेनीबाट दुर्इ दिन पैदल दूरीको उक्त हिमालमा अहिलेसम्म प्रहरी पुग्न सकेको छैन। गाइड लाक्पा शेर्पाको नेतृत्वमा हराएकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

खोजीका लागि हेलिकप्टरसमेत परिचालन गरिएको प्रहरी निरीक्षक गुरुङले जानकारी दिए। हिमाल आसपासका क्षेत्रमा रहेको जंगलका रुखसमेत हावाहुरीले भाँचिएको अवस्थामा भेटिएकाले अत्यधिक हावाहुरीले दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ। 

केही समयअघि मात्रै गुर्जा हिमाल आरोहणका लागि अनुमति दिइएको थियो। यसै साता मात्रै गुर्जालगायत हिमाल आरोहणका लागि दुई वटा टोली आधार शिविरतर्फ प्रस्थान गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।