वीरगंज- माछा मार्ने क्रममा पोखरीमा डुबेर शुक्रबार बाराको फेटामा ४० वर्षिय एक पुरुषको ज्यान गएको छ।
फेटा गाउँपालिका वडा नम्बर ३ स्थित सार्वजनिक पोखरीमा माछामार्ने क्रममा जाल तान्दा डुबेर स्थानिय लक्किचन रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।
यसैगरी विरगंज र सीमावर्ती रक्सौल जोड्ने मितेरीपुल नजिकै करिब ६५ वर्षिय वृद्धको शव फेला परेको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ। कमण्डलु बोकेको तथा धार्मिक पहिरन लगाएको व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ। शव नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका ९ स्थित गढीमाई मन्दिर नजिकैको खोलामा मानव कंकाल फेला परेको छ। शुक्रबार बिहान गढीमाई मन्दिर व्यवस्थापन समितीको टोलीले दशैंको तयारीको लागी बाँस काट्ने क्रममा मानव कंकाल फेला परेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।
रातो हाफ पाइट लगाएको तथा पुरुषको जस्तो देखिने कंकाल करिब चार महिना अघि नै हत्या गरेर शव फ्याँकिएको हुन सक्ने प्रहरीको आशंका छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४